तीन अंंकले घट्यो नेप्से

Oct 5th, 2020

काठमाडौ, असोज १९

आज सोमबार नेप्से तीन दसमलव ६३ अंंकले घटेर १५ सय ८२ दसमलव १२ अंकमा झरेको छ । सेन्सिटिभ भने आज शुन्य दसमलव ११ अंकले बढेर तीन सय १२ दसमलव ४६ अंकमा चढेको छ । एक सय ९३ कम्पनीहरुको ३९ हजार पाँच सय ८७ पटकको कारोवारमा ९५ लाख १८ हजार सात सय ६५ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम दुुई अर्ब ५७ करोड ८६ लाख सात हजार ८८ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा पाँच वटा समुहको सुचक बढेर सात वटा समुहको सुचक घटेकाछन । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ८९ अंकले घटेर १२ सय ७० दसमलव १५ अंकमा पुुग्दा निर्जिवन, लघुुबित्त, जीवन बीमा, टे«डिङ, फाईनान्स र उत्पादनमुुलक समुहको सुचक पनि घटेकाछन । बिकास बैंक, होटल, जलबिद्युत, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक भने आज बढेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा कामना सेवा बिकास बैंक परेको छ भने बढी गुमाउने कम्पनीको सुुचीमा प्रोग्रेसिभ फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।