• गृहपृष्ठ
  • हल्ट प्राइजको अन क्याम्पस प्रतिस्पर्धा नेपाल इन्जिनियरिङ कलेजमा , विजेताले दश लाख अमेरिकी डलर पुरस्कार पाउने

हल्ट प्राइजको अन क्याम्पस प्रतिस्पर्धा नेपाल इन्जिनियरिङ कलेजमा , विजेताले दश लाख अमेरिकी डलर पुरस्कार पाउने

Oct 5th, 2020

काठमाडौं, असोज १९

यस वर्ष हल्ट प्राइजको अनक्याम्पस कार्यक्रम नेपाल इन्जिनियरिङ कलेज (नेक) मा हुने भएको छ । पोखरा विश्वविद्यालयभरका बिद्यार्थीहरुले प्रतिस्पर्धा गर्न पाउने गरि कार्यक्रम हुन लागेको हो । प्रत्यक वर्ष हल्ट प्राइज फाउन्डेसन र संयुक्त राष्ट्रसंघको सहकार्यमा विश्वभर हल्ट प्राइज आयोजना हुने गरेको छ ।

आगामी डिसेम्बरमा आयोजना हुन लागेको यस कार्यक्रमका लागि तयारी अगाडी बढिसकेको हल्ट प्राइज नेकका क्याम्पस निर्देशक निरज बिकेले जानकारी दिए । खाध सुरक्षा, शुद्ध खानेपानी, शिक्षा, उर्जाको क्षेत्रमा रहेका विश्वव्यापी साझा सामाजिक समस्याका चुस्त समाधान खोज्दै आएको हल्ट प्राइज फाउण्डेसनले यस वर्षका लागि फुड फर गुड : टान्सफरिंग फुड इन्टु भेइकल फर चेन्ज शिर्षकको चुनौती छनोट गरेको छ ।

बिद्यार्थीहरुले तीनदेखि चार जनाको समूह बनाइ प्रतिस्पर्धामा भाग लिन पाउने र यस चुनौतीमा उत्कृष्ट सामाजिक व्यवसायिक योजना प्रस्तुत गर्ने बिधार्थी समूह अघिल्लो चरणको क्षेत्रीय प्रतिस्पर्धाको लागि छनोट हुने छन । एक बर्षसम्म चल्ने यस कार्यक्रमको ग्लोबल विजेताले दश लाख अमेरिकी डलर पुरस्कार स्वरुप पाउने छन । सन् २००९ मा शुरु भएको र पहिलो वर्षमा नै २५ देशका एक हजार बिद्यार्थी सहभागी हल्ट प्राइजको प्रतिस्पर्धामा अहिले विश्वका एक सय २० देशका दुइ हजार भन्दा बढी विश्वविधालयका बिद्यार्थी हरुले भाग लिने गरेका छन । विद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने हल्ट प्राइजले बिद्यार्थीहरुलाई सामाजिक उद्यमी बन्न उत्प्रेरित गर्ने गरेको छ ।
कोरोना महामारीको विषम परिस्थिति कायमै रहेको खण्डमा हल्ट प्राइजका सबै कार्यक्रम वैकल्पिक माध्यम (अनलाइन) मार्फत संचालन गर्ने योजना रहेको हल्ट प्राइज नेपाल इन्जिनियरिंग कलेजका संचार प्रबन्धक रोबर्टराज उपाध्यायले बताए ।