बार्सिलोना सेभियासँग बराबरीमा रोकियो

Oct 5th, 2020

आधारभूमि संवाददाता
काठमाडौ, असोज १९

बार्सिलोना सेभियासँग बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा बार्सिलोना सेभियासँग १–१ को बराबरीमा रोकिएको हो ।

खेलमा बार्सिलोना को लागि फिलिपे काउन्टिन्होले एक गोल गरे भने सेभियाको लागि लुक डि योङले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता सेभियाले लिएको थियो । खेलको ८ औँ मिनेटमा सेभियाका लुक डि योङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, त्यो अग्रता धेरैबेर टिकेन। त्यसको दुई मिनेटपछि बार्सिलोनाका फिलिपे काउन्टिन्होले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए ।ला लिगाको यो सिजनमा काउन्टिन्होको पहिलो गोल हो । त्यसपछि कुनै थप गोल नहुँदा दुबै टोलीले एक एक अंक बाढेका हुन् ।

बराबरीसँगै बार्सिलोनाले ३ खेलबाट ७ अंक जोडेको छ र तालिकाको पाँचौ स्थानमा छ । छैटौं स्थानको सेभियाले पनि समान खेलबाट ७ अंक नै जोडेको छ। रियल म्याड्रिडले ४ खेलबाट १० अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।