• गृहपृष्ठ
  • लिभरपुलले सन् १९६३ पछि पहिलो पटक एउटै खेलमा सात गोल खायो

लिभरपुलले सन् १९६३ पछि पहिलो पटक एउटै खेलमा सात गोल खायो

Oct 5th, 2020

आधारभूमि संवाददाता
काठमाडौ, असोज १९


इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एस्टन भिल्लासँग लज्जास्पद हार ब्यहोरेको छ ।आइतबार राति भएको खेलमा भिल्लासँग लिभरपुल २–७ गोल अन्तरले पराजित भएको हो ।

एस्टन भिल्लालाई जित दिलाउन ओली वाट्किन्सले ह्याट्रिक ,ज्याक ग्रेयलिसले दुई गोल ,जोन म्याकजिन र रोस बार्क्लीले एक एक गोल गरे । लिभरपुलका मोहमद सलाहले दुई गोल फर्काएा थिए ।

खेलमा पहिलो अग्रता एस्टन भिल्लाले लिएको थियो ।खेलको चौंथो मिनेटमै ओली वाट्किन्सले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए ।२२ औं मिनेटमा वाट्किन्सले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए । ३३ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २-१ को अवस्थामा पुर्‍याए ।३३ औं मिनेटमा जोन म्याकजिनले गोल गर्दै टोलीलाई ३–१ ले अघि बढाए। ओली वाट्किन्सले ३९ औं मिनेटमा ह्याट्रिक पुरा गर्दै टोलीलाई पहिलो हाफमा ४-१ को अग्रता दिलाए ।

दोस्रो हाफको ५५ औं मिनेटमा रोस बार्क्लीले गोल गर्दै टोलीलाई ५-१ को अग्रता दिलाए । सलाहले ६० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ५-२ को अवस्थामा पुर्‍याए ।

खेलको ६६औं मिनेटमा ग्रेयलिसले एक गोल गरे र ७५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई सानदार जित दिलाए ।

लिभरपुलले एउटा खेलमा सात गोल खाएको सन् १९६३ पछि पछि पहिलो पटक हो भने सन् २०१९ को जनवरीपछि लिभरपुलको यो चौथो हार हो ।

जितसँगै एस्टन भिल्लाले ३ खेलबाट ९ अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित लिभरपुलको ४ खेलबाट ९ अंक छ र तालिकाको पाँचौ स्थानमा रहेको छ ।