• गृहपृष्ठ
  • रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा

रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा

Oct 5th, 2020

आधारभूमि संवाददाता
काठमाडौ, असोज १९


स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियलले लेभान्टेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडलाई जित दिलाउन भिनिसियस जुनियर र करिम बेन्जिमाले एक एक गोल गरेका थिए ।रियलले एक पहिलो हाफमा र अर्को गोल दोस्रो हाफको इन्जुरी समयमा गरेको हो ।

खेलको १६ औँ मिनेटमा रियल म्याड्रिडका भिनिसियस जुनियरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बेन्जिमाले गोल गर्दै रियललाई २-० को जित दिलाए ।

जितसँगै रियल म्याड्रिडले ४ खेलबाट १० अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित लेभान्टेको ४ खेलबाट ३ अंक छ र तालिकाको १८ औं स्थानमा रहेको छ ।