• गृहपृष्ठ
  • नेप्सेमा एकैदिन तीन अर्ब भन्दा बढीको सेयर किनबेच

नेप्सेमा एकैदिन तीन अर्ब भन्दा बढीको सेयर किनबेच

Oct 4th, 2020

काठमाडौ, असोज १९

नेप्सेमा एकै दिन तीन अर्ब रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । आज आईतबार नेप्से १४ दसमलव ७१ अंकले बढेर १५ सय ८५ दसमलव ७५ अंकमा चढेकोमा सेन्सिटिभ पनि दुुई दसमलव १९ अंकले बढेर तीन सय १२ दसमलव ३५ अंकमा चढेको छ । सोही आधारमा आज एक सय ९३ वटा कम्पनीहरुको ४२ हजार दुई सय १४ पटकको कारोवारमा एक करोड पाँच लाख २९ हजार एक सय ७१ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम तीन अर्ब १७ करोड ८८ लाख ५३ हजार सात सय १९ रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा आज ११ वटा समुहको सुचक बढेर सामुुहिक लगानी कोष समुहको सुचक घटेको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १५ दसमलव ५६ अंकले बढेर १२ सय ७४ दसमलव चार अंंकमा चढेकोमा निर्जिवन बीमा, बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा कर्पोरेट डेभपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा युनियन हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट परेको छ ।