• गृहपृष्ठ
  • जोर्गिन्होको दुई गोलमा चेल्सीको सानदार जित

जोर्गिन्होको दुई गोलमा चेल्सीको सानदार जित

Oct 3rd, 2020

आधारभूमि संवाददाता

काठमाडौ, असोज १७

लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ ।शनिबार चेल्सीको घरेलु मैदानमा भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन बेल चिलवेल र कुर्ट जौमाले एक एक गोल गरे भने जोर्गिन्होले दुई गोल गरे ।चेल्सीले सबै गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ५० औँ मिनेटमा बेल चिलवेलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ६६ औं मिनेटमा कुर्टले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए ।

७८ औँ मिनेटमा जोर्जिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई ३–० गोलको अग्रता दिलाए । क्रिस्टलका मिचेलले चेल्सीका टामी अब्राहमलाई लडाएपछि चेल्सीले पेनाल्टी पाएको थियो । त्यसपछि खेलको ८२ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ४-० को जित दिलाए ।

जितसँगै चेल्सीले चार खेलबाट ७ अंक जोडेको छ र चौंथो स्थानमा उक्लिएको छ। समान खेल खेलेको क्रिष्टल प्यालेसको ६ अंक रहेको छ आठौं स्थानमा छ।