• गृहपृष्ठ
  • गण्डकी बहुप्राविधिक शिक्षालयमा भर्ना हुने म्याद १० दिन थपियो

गण्डकी बहुप्राविधिक शिक्षालयमा भर्ना हुने म्याद १० दिन थपियो

Oct 2nd, 2020

पोखरा, असोज १६

गण्डकी बहुप्राविधिक शिक्षालयमा विद्यार्थी भर्नाका लागि यसअघि तोकीएको समयसिमामा १० दिन समय थप भएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदको प्रस्तावमा मन्त्रीस्तरीय निर्णय पश्चात डिप्लोमा र प्रि डिप्लोमामा भर्नाका लागि आवेदन फाराम बुझाउने समय अवधी असोज २५ गतेसम्मका लागि १० दिन थप भएको हो । पोखरा २९ भण्डारढिकमा रहेको गण्डकी बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटोमोबाइलको पढाइ यसैवर्षदेखि सुरु हुँदैछ । जसमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ्तर्फ ४८ तथा अटोमोबाइलतर्फ ४८ जना विद्यार्थीका लागि भर्ना खुलेको हो ।

भर्ना आवेदनका लागि पोखरा महानगरपालिकाको वेवसाइट मार्फत फाराम डाउनलोड गर्न सकिने छ । साथै, महानगरको शैक्षिक प्रशासन महाशाखा, ड्यामसाइड वा गण्डकी बहुप्राविधिक शिक्षालयको कार्यालय भण्डारढिकबाट समेत आवेदन फाराम उपलव्ध हुने शिक्षालयले जनाएको छ । बिद्यार्थीले असोज २५ गते साँझ ४:०० बजेसम्म आवेदन फाराम बुझाउन सक्नेछन ।