• गृहपृष्ठ
  • लिभरपुललाई पेनाल्टीमा पराजित गर्दै आर्सनल क्वार्टरफाइनलमा

लिभरपुललाई पेनाल्टीमा पराजित गर्दै आर्सनल क्वार्टरफाइनलमा

Oct 2nd, 2020

आधारभूमि संवाददाता

काठमाडौ, असोज १६

आर्सनल काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।बिहीबार राति भएको खेलमा आर्सनलले लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको हो ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएको थियो । खेल बरारबीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा आर्सनलले बाजी मारेको हो ।

लिभरपुलको दुईवटा पेनाल्टी आर्सनलका गोलकिपर बर्नाड लेनोले बचाएका थिए ।त्यसपछि जो विलकले विजयी गोल गर्दै आर्सनललाई जीत दिलाए ।

चार दिन अघि मात्र प्रिमियर लिगको खेलमा लिभरपुलले आर्सनललाई ३–१ ले पराजित गरेको थियो ।

अब आर्सनलले सेमिफाइनल प्रवेशका लागि म्यान्चेष्टर सिटीसंग खेल्नेछ भने सबै खेल डिसेम्बरमा खेलाइनेछ ।