• गृहपृष्ठ
  • जलविद्युतका खराब कम्पनीमा लगानीकर्ताको आकर्षण, यस्ता कम्पनीको सेयर खरिद कति उचित ?

जलविद्युतका खराब कम्पनीमा लगानीकर्ताको आकर्षण, यस्ता कम्पनीको सेयर खरिद कति उचित ?

Oct 1st, 2020

आधारभूमि संवाददाता

काठमाडौं, असोज १५

सेयरबजारमा अहिले ३३ वटा जलविद्युत कम्पनी सुचिकृत रहेका छन् । जसमध्ये भदौ २ गते १६ वटा कम्पनीको सेयर मूल्य १ सय रुपैयाँ भन्दा तल थियो । तर , अहिले भने जम्मा २ वटा जलविद्युत कम्पनीको मात्रै सेयरबजार मूल्य १ सय भन्दा तल छ ।

जलविद्युतमा लाभांस नै दिन नसकेका कम्पनीमा अहिले लगानीकर्ताको आकर्षण देखिन्छ । लाभांस नै दिन नसक्ने कम्पनीमा अहिले केहि लगानीकर्ताले अंकको खेल गरेर नाफा कमाउन खोजिरहेका छन् । तर यसमा सर्वसाधारण लगानीकर्ता भने चनाखो हुन जरुरी छ ।

जलविद्युत कम्पनीभदौको सेयर मूल्यअहिलेको सेयर मूल्य
अरुण भ्याली
९२ २०९
आखुखोला५१
१११
वरुण८६
१६३
छ्याङ्दी९०
१५२
दिव्येश्वरी५०
९६
घलेम्दी१११५७
हिमाल दोलखा९०
११९
हिमालय ऊर्जा९०
१५५
जोशी६२
११०
खानीखोला४८
१०६
माउन्टेन८२
१४५
नेसनल५३
९०
पञ्चकन्यामाई८२
१३७
रिडी९०
१७३
युनियन६०
१०५
युनिभर्सल पावर७०
१२५

१८ वर्ष अघि निर्माण सम्पन्न भएको नेशनल हाइड्रोपावरले अहिलेसम्म लगानीकर्तालाई कुनै प्रतिफल दिएको छैन । तर सेयरबजारमा भने ३२ दिनको कारोबारमा यसको मूल्य करिब ६९ प्रतिशतले बढेको छ।

त्यस्तै अहिलेसम्म प्रतिफल दिन नसकेको आखुखोला जलविद्युत आयोजनाको सेयर पनि १ सय १७ प्रतिशतले बढेको छ । लाभांसको आसमा यस्ता कम्पनी लगानी गर्नका लागि अहिले उचित नभएपनि केहि लगानीकर्ता लहडमा र केहि लगानीकर्ता थोरै मूल्यमा किनेर केहि समयमै धेरैमा बेच्ने आशमा जलविद्युतमा आएका छन् ।

सेयर बजारमा सुचिकृत भएका जलविद्युत कम्पनीमध्ये २१ वटा कम्पनीले अहिलेसम्म कुनै लाभांस नै दिन सकेका छैनन् । जम्मा १२ वटा कम्पनीले लाभांस दिएका छन् र यि मध्ये पनि जम्मा ६ वटाले मात्रै नियमित रुपमा लाभांस दिएको देखिन्छ ।

अहिलेसम्म लाभांश नदिएका जलविद्युत कम्पनी

१) आखुखोला

२) अरुण काबेली

३) दिव्येश्वरी

४) घलेम्दी

५) हिमाल दोलखा

६) हिमालय ऊर्जा

७) हिमालय पावर पार्टनर

८) जोशी

९) कालिका

१०) खानीखोला

११) लिबर्टी

१२) माउन्टेन

१३) नेसनल

१४) पञ्चकन्या

१५) पाचथर पावर

१६) रसुवागढी

१७) सान्जेन

१८) सिनर्जी

१९) युनियन हाइड्रो

२०) युनिभर्सल

२१) माथिल्लो तामाकोशी

जलविद्युत सबै समुहका सेयरमा प्रतिफल नभएको पनि होइन । चिलिमे, बुटवल पावर र रिडी हाइड्रोपावरले नियमित लाभांस पनि दिएका छन् । अब लगानीकर्ताले लगानी गर्दा बजार हल्लाका आधारमा बढ्छ भन्ने लहडमा होइन कि खरिद गर्न लागेको कम्पनीको वासलात कस्तो छ, लाभांस दिन सक्ने अवस्था छ वा छैन भन्ने हेरेर मात्रै लगानी गर्नुपर्छ ।

जलविद्युतमा प्रवद्र्धकले मनपरी खर्च गरेर आयोजनाको लागत बढाई सर्वसाधारणको लगानी जोखिममा पारेका छन् । स्वपुँजी ठूलो देखाएर आमलगानीकर्ताबाट रकम उठाएका कारण प्रतिफल दिन नसकेको हो । अझ नियामक निकायको अभावमा यस्ता कम्पनीमा सुशासनको अभाव छ ।

लगानीकर्ता भने अहिले बैंकको ब्याज घटेका कारण जलविद्युत आयोजनाको खर्च कम हुने र वर्षाका कारण केहि जलविद्युत आयोजनाको उत्पादन बढेको भन्दै बजारमा होमिएका छन् । लगानीकर्ताहरुले अहिले चनाखो भएर लगानी गर्न जरुरी छ । ताकि लांभास दिन नसक्ने कम्पनीको सेयर मूल्य घट्दा फेरी पछुताउनु नपरोस् ।