• गृहपृष्ठ
  • रियल म्याड्रिडले आफ्नो अपराजित यात्रा कायम राख्यो

रियल म्याड्रिडले आफ्नो अपराजित यात्रा कायम राख्यो

Oct 1st, 2020

आधारभूमि संवाददाता
काठमाडौ, असोज १५


डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले ला लिगाको नयाँ सिजनमा अपराजित यात्रालाई कायम राखेको छ ।बुधबार राति रियलको घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रिडले भालाडोलिडलाई १–० ले पराजित गरेको हो।

रियल म्याड्रिडलाई जित दिलाउन भिनिसियस जुनियरले विजयी गोल गरे । उनले खेलको ६५ मिनेटमा गोल गरेका थिए।

जितसँगै रियल म्याड्रिडले ३ खेलबाट ७ अंक जोडेको छ।गेटाफेको पनि ३ खेलबाट ७ अंक छ। भिल्ला रियाल र भ्यालेन्सियको ४ खेलबाट ७ अंक छ।