• गृहपृष्ठ
  • जर्मन सुपर कपको उपाधि बार्यन म्युनिखलाई

जर्मन सुपर कपको उपाधि बार्यन म्युनिखलाई

Oct 1st, 2020

आधारभूमि संवाददाता

काठमाडौ, असोज १५

बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ ।

बुधबार राति भएको  फाइनल खेलमा डर्टमण्डलाई ३–२ ले पराजित गर्दै बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको हो ।

बायर्न म्युनिखलाई जित दिलाउन कोरेन्टिन टोलिसो, थोमस मुलर र जोसुवा किमिचले एक एक गोल गरे ।डर्टमण्डका जुलियन ब्रान्ड र एर्लिङ हालान्डले एक एक गोल गरेका थिए ।

खेलमा पहिलो अग्रता बायर्नलेनै लिएको थियो। खेलको १८ औँ मिनेटमा बायर्नका लुकास कोरेन्टिन टोलिसोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ३२ औं मिनेटमा थोमस मुलरले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ३९ औं मिनेटमा डर्टमण्डका ब्रान्डले गोल गर्दै खेललाई २(१ को अवस्थामा ल्याए । ५५ औं मिनेटमा हालान्डले गोल गर्दै डर्टमण्डलाई २(२ गोलको बराबरीमा ल्याए ।

३९औं मिनेटमा डर्टमण्डका जुलियन ब्रान्डले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । त्यसपछि पहिलो हाफ २ १ मा सकिएको थियो ।

दोस्रो हाफको ५५औं मिनेटमा डर्टमण्डका एर्लिङ हालान्डले गोल गरेपछि खेल २-२ को बराबरीमा फर्किएको थियो ।त्यसपछि , खेलको ८२ औं मिनेटमा किमिचले गोल गर्दै बायर्नलाई ३-२ जित दिलाए ।

बायर्नको यो सिजनको दोस्रो उपाधि हो ।यसअघि बायर्नले स्पेनिस क्लब सेभियालाई २–१ ले पराजित गर्दै युइएफए सुपर कपको उपाधि जितेको थियो ।योसँगै  बायर्नले आठौं पटक सुपर कपको उपाधि जितेको हो ।