बुधबार तीन अंकले घट्यो नेप्से

Sep 30th, 2020

काठमाडौ, असोज १४

नेप्से आज बुुधबार तीन दसमलव १९ अंकले घटेर १५ सय ५० दसमलव ४३ अंकमा झरेको छ । सेन्सिटिभ पनि शुन्य दसमलव ६४ अंकले घटेर तीन सय आठ सय सात दसमलव १७ अंकमा झरेको छ । नेप्सेमा आज एक सय ९० कम्पनीहरुको ३६ हजार दुुई सय ८२ पटकको कारोवारमा ८० लाख १९ हजार छ सय ६१ कित्ता सेयर किनबेच भएकाछ भने सेयर रकम एक अर्ब ९५ करोड ३६ लाख ३६ हजार छ सय ९४ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा चार वटा समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव १७ अंकले घटेर १२ सय ३९ दसमलव ६१ अंकमा पुगेको छ भने निर्जिवन बीमा, लघुुबित्त, जीवन बीमा, टे«डिङ, होटल, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेकाछन । बिकास बैंक, जलबिद्युुत, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा कामना सेवा बिकास बैंक परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा नेपाल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी परेको छ ।