• गृहपृष्ठ
  • लिभरपुलका मिडफिल्डर थियागोलाई कोरोना संक्रमण पुष्टि

लिभरपुलका मिडफिल्डर थियागोलाई कोरोना संक्रमण पुष्टि

Sep 30th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, असोज १४

इंग्लिस क्लब लिभरपुलका मिडफिल्डर थियागो अलाकान्टरालाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । लिभरपुलले अलाकान्टरालाई कोरोना पुष्टि भएको जनाएको छ । संक्रमण पुष्टि सँगै उनलाई सेल्फ आइसोलेसनमा राखिएको छ। क्लबको अनुसार उनलाई कोरोना भाइरसको सानो लक्षण देखिएको छ तर स्वास्थ्य अवस्था राम्रो छ र राम्रो हुँदै गइरहेको छ ।

अलाकान्टरा हालै मात्र जर्मन क्लब बायर्न म्युनिखबाट लिभरपुल आएका हुन् । उनले क्लबसँग ४ वर्षको सम्झौता गरेका छन् ।

थियागोले गत साता चेल्सीमाथि २-० को जित निकाल्दा डेब्यु गरेका थिए ।आउँदो शुक्रबार काराबाओ कपमा लिभरपुलले आर्सनलसँग प्रतिस्पर्धा गर्दै छ। त्यस्तै, सोमबार एस्टन भिल्लासँग प्रिमियर लिगको खेल खेल्ने तालिका छ। थियागोले यो दुवै खेल गुमाउने छन्।