चेल्सी काराबाओ कपबाट बाहिरियो

Sep 30th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, असोज १४

चेल्सी काराबाओ कप फुटबलबाट बाहिरिएको छ । काराबाओ कपको चौथो चरणको खेलमा टोटेनहम हर्ट्सपरसंग लण्डन क्लब चेल्सी पराजित भएको हो ।गएराति टोटनहमको घरेलु मैदानमा भएको खेलमा टोटेनहमले पेनाल्टी सुटआउटमा चेल्सीलाई ५–४ ले पराजित गरेको हो ।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । खेल बरारबीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा टोटेनहमले बाजी मारेको हो ।

खेलमा पहिलो अग्रता चेल्सीलेनेै लिएको थियो । खेलको १९ औँ मिनेटमा चेल्सीका टिमो वार्नरले
गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० गोलको अग्रता दिलाएका थिए ।   तर, दोस्रो हाफमा खेल सकिन ७ मिनेट अघि इरिक लामेलाले रेगुइलोको पासमा एक गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो ।

चेल्सीका मासन माउन्ट पेनाल्टीमा गोल गर्न असफल भएका थिए । जितसँगै टोटनहम काराबाओ कप फुटको अर्को चरणमा प्रवेश गरेको छ ।