सात दसमलव २१ अंकले घट्यो नेप्से

Sep 29th, 2020

काठमाडौ, असोज १३

नेप्से आज मंगलबार सात दसमलव २१ अंकले घटेर १५ सय ५३ दसमलव ६२ अंकमा झरेको छ । सेन्सिटिभ पनि एक दसमलव ७९ अंकले घटेर तीन सय सात दसमलव ८२ अंकमा झरेको छ । आज एक सय ९२ वटा कम्पनीहरुको ३३ हजार नौ सय ३३ पटकको कारोवारमा ७३ लाख पाँच हजार एक सय ११ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम एक अर्ब ८२ करोड ९८ लाख ७२ हजार नौ सय ६८ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा तीन वटा समुहको सुचक बढेपनि नौ वटाको भने घटेकाछन । आज बाँणिज्य बैंक समुहको सुचक १० दसमलव ८२ अंकले घटेर १२ सय ४३ दसमलव ७९ अंकमा झरेको छ भने बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, अन्य र लघुुबित्त समुहको सुचक पनि घटेकाछन । यि बाहेकजलबिद्युुत, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक भने बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा जोशी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा सर्पोट माईक्रो फाईनान्स लघुुबित्त बित्तीय संस्था परेको छ । बढी कमाउने कम्पनीको अरुण कावेली पावर लिमिटेड पहिलो स्थानमा परेको छ ।