इकार्डीको दुई गोलमा पीएसजीको जित

Sep 28th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, असोज १२

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित निकालेको छ । गएराति रिम्सको मैदानमा भएको खेलमा पीएसजीले रिम्सलाई २ –० गोलले पराजित गरेको हो ।

पीएसजीको जितमा दुवै गोल मौरो इकार्डीले गरेका थिए ।इकार्डीले एक गोल पहिलो हाफमा र अर्को गोल दोस्रो हाफमा गरेका थिए ।

इकार्डीले खेलको ९ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफको ६२ औं मिनेटमा इकार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।

जितसँगै पीएसजीले ५ खेलबाट ९ अंक जोडेको छ र तालिकाको सातौं स्थानाम छ । पराजित रिम्सको ५ खेलबाट १ अंक छ र तालिकाको १९ औँ स्थानाम छ ।