• गृहपृष्ठ
  • रोनाल्डोले दुई गोल गरे पनि युभेन्ट्स रोमासँग बराबरीमा रोकियो

रोनाल्डोले दुई गोल गरे पनि युभेन्ट्स रोमासँग बराबरीमा रोकियो

Sep 28th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, असोज १२

रोनाल्डोले दुई गोल गरे पनि इटालियन सिरि ए च्याम्पियन युभेन्ट्स रोमासँग बराबरीमा रोकिएको छ। आइतबार राति रोमाको घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा सिमित युभेन्टस २–२ को बराबरीमा रोकिएको हो ।

खेलमा युभेन्टसको लागि रोनाल्डोले दुई गोल गरे भने रोमाको लागि पनि जोर्डन भेरेटोउटले दुई गोल गरेका थिए।

खेलमा पहिलो अग्रता रोमाले लिएको थियो । खेलको ३१ औँ मिनेटमा रोमाका भेरेटोउटले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ४४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेल बराबरीमा ल्याए । रोनाल्डोले पनि सो गोल पेनाल्टीमै गरेका थिए।

पहिलो हाफको इन्जुरी समयमा भेरेटाउटले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ ले अघि बढाएका थिए । त्यसपछि दोस्रो हाफको ६९ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई हारबाट जोगाए । त्यसपछि कुनै थप गोल नहुँदा दुबै टोलीले एक एक अंक बाढेका हुन् ।

खेलको ६२ मिनेटमा राबिओट दोस्रो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि युभेन्ट्स १० खेलाडीमा सिमित बनेको थियो ।

युभेन्टसले पहिलो खेलमा साम्पोडियालाई ३–० ले पराजित गरेको थियो ।

बराबरीसँगै युभेन्टसले दुई खेलबाट ४ अंक जोडेको छ । युभेन्टस तालिकाको चौथौ स्थानमा छ। रोमा १ अंक सहित १३ औं स्थानमा छ ।