• गृहपृष्ठ
  • स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको जितसँगै नयाँ सिजनको सुरुवात

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको जितसँगै नयाँ सिजनको सुरुवात

Sep 28th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, असोज १२

बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जितसँगै नयाँ सिजनको सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्ला रियल ४–० गोलले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा अन्सु फातीले दुई गोल र लियोनल मेस्सीले एक गोल गरेका थिए भने बार्सिलोनाले एक गोल आत्मघाती पाएको थियोे ।बार्सिलोनाले सबै गोल पहिलो हाफमै गरेको हो ।

खेलको १५ औँ मिनेटमा अन्सु फातीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। फातीले सो गोल जोर्डी अल्बालेको पासमा गरेका हुन् । त्यसको चार मिनेपछि फातीले फिलिप कौटिन्होको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ३५ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता दिलाए। त्यसपछि ४५ औं मिनेटमा टोरेसले आत्मघाति गोल गरेपछि पहिलो हाफ ४–०मा सकिएको थियो । त्यसपछि दोस्रो हाफमा कुनै गोल हुन सकेन ।