डेब्युमै सुआरेजको दुई गोल र एक एसिस्ट

Sep 27th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, असोज ११

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले रोमाञ्जक जित निकालेको छ ।आइतबार राति भएको खेलमा एट्लेटिको मड्रिडले ग्रानडालाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।

एट्लेटिको मड्रिडलाई जित दिलाउन लुइस सुआरेजले दुई गोल , डिएगो कोस्टा,एन्जल कोर्रेया,जोआओ फेलिक्स र मार्कोस लोरेन्टले एक/एक गोल गरे । ग्रानडाका जोर्गे मोलिनाले एक गोल फर्काए ।

खेलको ९ औं मिनेटमा एट्लेटिको मड्रिडका डिएगो कोस्टाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ४७ औँ मिनेटमा एन्जल कोर्रेयाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ६५ औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए। मार्कोस लोरेन्टले ७२ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए ।

त्यसपछि ८५ औं मिनेटमा डेब्यु खेलाडी लुइस सुआरेजले गोल गर्दै टोलीको अग्रता ५-० को बनाए ।सुआरेज ७० औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।उनले मैदान छिरेको दोस्रो मिनेटमा मार्कोस लोरेन्टेलाई गोलका लागि पास उपलब्ध पनि गराए।

खेलको ८७ औं मिनेटमा ग्रानडाका जोर्गे मोलिनाले एक गोल फर्काए ।

इन्जुरी समयको तेस्रो मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई ६-१ को जित दिलाए ।

जितसँगै एट्लेटिकोले पहिलो खेलमै ३ अंक जोडेको छ ।