• गृहपृष्ठ
  • बायर्न म्युनिख होफेनहाइमसँग ४-१ गोल अन्तरले पराजित

बायर्न म्युनिख होफेनहाइमसँग ४-१ गोल अन्तरले पराजित

Sep 27th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, असोज ११

जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखल होफेनहाइमसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा बायर्न होफेनहाइमसँग ४-१ गोल अन्तरले पराजित भएको हो ।

होफेनहाइमलाई जित दिलाउन आन्द्रेज क्रमारीचले दुई गोल , इर्मिन बाइकाचिच र मुनास डाब्बुरले एक /एक गोल गरे ।बायर्नका जोसुवा किमिचले एक गोल गरेका थिए ।

खेलको १६ औं मिनेटमा होफेनहाइमका इर्मिन बाइकाचिचले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। २४ औँ मिनेटमा मुनास डाब्बुरले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ३४ औँ मिनेटमा वायर्नका जोसुवा किमिचले गोल गर्दै वायर्नलाई २–१ गोलको स्थितिमा ल्याए ।

दोस्रो हाफको ७७ औँ मिनेटमा आन्द्रेज क्रमारीचले गोल गर्दै होफेनहाइमको अग्रता ३-१ को बनाए । त्यसपछि खेलको इन्जुरी समयमा क्रमारीचले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै होफेनहाइमलाई ४-१ को जित दिलाए ।

जितसँगै होफेनहाइमले दुई खेलबाट ६ अंक जोडेको छ र शीर्ष स्थान छ । पराजित वायर्नको दुई खेलबाट ३ अंक छ ।