• गृहपृष्ठ
  • पहिलो कारोवार दिन नै चार अंकले बढ्यो नेप्से

पहिलो कारोवार दिन नै चार अंकले बढ्यो नेप्से

Sep 27th, 2020

काठमाडौ, असोज ११

साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से चार दसमलव २९ अंकले बढेर १५ सय ६५ दसमलव ५५ अंकमा चढेको छ । सेन्सिटिभ पनि शुन्य दसमलव नौ अंकले बढेर तीन सय १० दसमलव ४७ अंकमा चढेको छ । एक सय ९१ कम्पनीहरुको ४२ हजार एक सय आठ वटा कारोवारमा एक करोड ९९ लाख ७२ हजार तीन सय १२ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम तीन अर्ब १३ करोड ८२ लाख ४३ हजार तीन सय ७१ रुपैयाँ पुुगेको छ ।

१२ वटा समुहको कारोवार हुंदा आज पाँच वटा समुहको सुचक बढेर सात वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १३ दसमलव ७४ अंंकले बढेर १२ सय ५८ दसमलव ६४ अंकमा चढेकेमा बिकास बैंक, फाईनान्स, होटल र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, उत्पादनमुुलक र अन्य समुहको सुचक भने आज घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा बेष्ट फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा युनिलिभर नेपाल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने सोल्टी होटल लिमिटेड परेको छ ।