• गृहपृष्ठ
  • यस कारण रेफ्रीले खेलको अन्तिम सिटी फुकिसकेपछि पनि युनाइटेडले पायो पेनाल्टी

यस कारण रेफ्रीले खेलको अन्तिम सिटी फुकिसकेपछि पनि युनाइटेडले पायो पेनाल्टी

Sep 27th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, असोज ११

म्यान्चेष्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा रोमाञ्जक जित निकालेको छ । शनिबार राति भएको खेलमा म्यान्चेष्टर युनाइटेडले ब्राइटनलाई पराजित गरेको हो ।युनाइटेडले ब्राइटनमाथि इन्जुरी टाइमको दशौं मिनेटमा गोल गर्दै ३-२ गोलको रोमाञ्जक जित हात पारेको हो।

म्यान्चेष्टर युनाइटेडलाई जित दिलाउन मार्कस राष्फोर्ड र ब्रुनो फर्नान्डेसले एक /एक गोल गरे भने युनाइटेडले एक गोल आत्मघाती पाएको थियोे । ।ब्राइटनका निल माउपे र सोली मार्चले एक/एक गोल गरेका थिए ।

खेलमा पहिलो अग्रता ब्राइटलेनै लिएको थियो। खेलको ४० औं मिनेटमा निल माउपेले पेनाल्टीमा गोल गर्दै ब्राइटनलाई पहिलो अग्रता दिलाएका थिए । त्यसको तेस्रो मिनेटमा म्यान्चेष्टर युनाइटेडले आत्मघाती गोल पाएपछि पहिलो हाफको खेल १-१ को बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ५५ औं मिनेटमा मार्कस राष्फोर्डले गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए ।त्यसपछि इन्जुरी समयको पाँचौ मिनेटमा ब्राइटनका सोली मार्चले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए ।

तर, ब्रुनो फर्नान्डेसले इन्जुरी समयको १० औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई जीत दिलाए ।खेलमा रेफ्रीले अन्तिम सिठ्ठी फुकेपछि भिएआरको प्रयोग गरेका थिए।कर्नर बलमा ब्राइटनका माउपेले ह्याण्डबल गरेपछि भीएआरको सहयोगमा युनाइटेडलाई पेनाल्टी दिइएको थियो।

जितसँगै युनाइटेडले २ खेलमा ३ अंक जोडेको छ । युनाइटेड तालिकाको १३ औं स्थानमा छ । पहिलो खेलमा क्रिस्टल प्यालेससँग ३-१ गोल अन्तरले पराजित भएको युनाइटेडले अब टोटनह्यामसँग खेल्नेछ।