• गृहपृष्ठ
  • यूईएफए सुपर कपको उपाधि बार्यन म्युनिखलाई

यूईएफए सुपर कपको उपाधि बार्यन म्युनिखलाई

Sep 25th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, असोज ९

च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि जितेको छ ।

बिहिबार राति स्पेनिस क्लब सेभिल्लालाई २–१ ले पराजित  गर्दै बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि जितेको हो ।

बायर्न म्युनिखलाई जित दिलाउन लियोन गोर्टेज्का र जाभि मार्टिनेजले एक एक गोल गरे ।सेभिल्लाका लुकास ओकम्पोसले एक गोल गरेका थिए ।

खेलमा पहिलो अग्रता सेभिल्लालेनै लिएको थियो। खेलको १३ औँ मिनेटमा सेभिल्लाका लुकास ओकम्पोसले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।लुकासले सो गोल पेनाल्टीमा गरेका हुन् । ३४ औं मिनेटमा बायर्न म्युनिखका लियोन गोर्टेज्काले गोल गर्दै खेल बराबरीमा फर्काए ।

पहिलो हाफमा बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा समेत गोल हुन सकेन् । 

त्यसपछि खेलको १०४ मिनेटमा बायर्न म्युनिखका जाभि  मार्टिनेजले गोल गर्दै बायर्नलाई जीत दिलाए । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मार्टिनेजले बायर्नका लागि विजयी गोल गरेका हुन् । बायर्नले यस अघि च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

बार्यनले यसअघि सन् २०१३ अर्थात् सात वर्षअघि सुपर कपको उपाधि जितेको थियो ।सेभिल्ला भने पछिल्लो १० वर्षमा चौथो पटक युएफए सुपर कपको फाइनलमा पराजित भएको छ ।