• गृहपृष्ठ
  • नेप्सेमा सामान्य बृद्धि, कारोवार रकम पनि बढ्यो

नेप्सेमा सामान्य बृद्धि, कारोवार रकम पनि बढ्यो

Sep 24th, 2020

काठमाडौ, असोज ८

नेप्से आज बिहिबार सामान्य अंकले बढेको छ । नेप्से पाँच दसमलव ७४ अंकले बढेर १५ सय ६१ दसमलव २७ अंकमा चढेकोमा आज सेन्सिटिभ पनि एक दसमलव २३ अंकले बढेर तीन सय नौ दसमलव ५७ अंकमा चढेको छ । आज एक सय ९३ कम्पनीहरुको ४५ हजा आठ सय ३४ पटकको कारोवारमा ८९ लाख ७१ हजार तीन सय तीन कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम दुुई अर्ब २३ करोड ३४ लाख ८९ हजार २४ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार भएको मध्ये छ वटा समुहले कमाएकाछन भने छ वटा समुहले गुमाएकाछन । सो मध्ये कमाउने समुहमा परेको बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ९७ अंकले बढेर १२ सय ४४ दसमलव ९० अंकमा चढेको छ भने जलबिद्युत, फाईनान्स, टे«डिङ, होटल र अन्य समुहको सुचक पनि बढेकाछन । आज बिकास बैंक समुहको सुचक भने एक दसमलव ६७ अंकले घटेर १८ सय ३२ दसमलव ३१ अंकमा झरेकोमा लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक घटेकाछन ।

कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा अपी पावर लिमिटेड परेको छ भने गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा सिटिजन्स म्युुचअल फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने पहिलो स्थानमा अरुण कावेली पावर लिमिटेड परेको छ ।