• गृहपृष्ठ
  • मार्जिन लेन्डिङ कागजमै सिमित, एक वर्षम सम्म कसैले पाएन ऋण

मार्जिन लेन्डिङ कागजमै सिमित, एक वर्षम सम्म कसैले पाएन ऋण

Sep 24th, 2020

आधारभूमि संवाददाता

काठमाडौं,असोज ८

आफुले सेयर कारोबार गर्ने ब्रोकर मार्फत नै सेयर लगानीकर्ताले सहजै ऋण पाउन भनेर करिब २ वर्ष अघि सरकारले नीतिगत व्यवस्था गर्याे । तर अव्यबहारिक कार्यविधी र त्यसलाई समयमै संसोधन गर्ने सरकारी निकायको ढिलासुस्तीका कारण ब्रोकरले सेयरलगानीकर्तालाइ दिने मार्जिन लेन्डिङ सुविधा अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

सेयरबजारमा लगानी गर्नका लागि आफैसँग मात्रै रहेको पैसा पर्याप्त नहुन सक्छ । कैयनले बैंकबाट ऋण लिएर अहिले सेयरबजारमा लगानी गरिरहेका छन् । बैंकबाट ऋण लिन त्यति छिट्टो हुन सक्दैन ।

तर , बजारमा भने दुईतीन दिनमै उतारचढाव आउन सक्छ । अर्थात छोटो समयमै लगानी गरेर लाभ लिन चाहने लगानीकर्ताका लागि बैंकबाट पाउने कर्जा त्यति उपयोगी नहुन सक्छ । त्यसैले धितोपत्र बोर्डले छोटो समयमै सेयरमा लगानी गरेर लाभ लिन चाहने लगानीकर्ताका लागि भनेर २०७४ सालमा ब्रोकरबाटै सेयरलगानीकर्ताले ऋण लिन सक्ने भनेर नीतिगत व्यवस्था गर्याे । जसको एक वर्ष पछि मात्रे नेप्सेले कार्यविधी बनायो ।

गत वर्ष मात्रै यस्तो कारोबार गर्नका लागि २१ वटा ब्रोकरले नेप्सेबाट अनुमति पाए । अनुमति पाएपनि ऋण भने अहिलेसम्म दिन सकेका छैनन् । बैंकले अहिले सेयर धितो राखेर अर्काे सेयर खरिद गर्नका लागि ७० प्रतिशत सम्म ऋण दिन्छन्। तर ब्रोकरले भने जम्मा ५० प्रतिशत मात्रै दिन पाउने व्यवस्था छ ।

त्यस्तै बैंकबाट लिएको ऋणबाट एकै कम्पनीमा सबै लगानी गर्छु भनेर पाइन्छ तर ब्रोकरबाट लिएको ऋणबाट भने एक कम्पनीमा जम्मा १० प्रतिशत मात्रै लगानी गर्न पाइन्छ । यस्ता नीतिगत कठिनाईका कारण मार्जिन लेन्डिङ प्रभावकारी हुन नसकेको ब्रोकरहरुको तर्क छ ।

हुनत दुई वर्ष अघि ब्रोकरले नै सेयर धितो राखेर ५० प्रतिशत नै ऋण दिन पाउने व्यवस्था गरिदिन सुझाव दिएका थिए । तर , कार्यविधी बनेर उनिहरुले लाइसेन्स पाउन एक वर्ष भन्दा बढि लाग्यो , जुन अवधिमा बैंकले यस्तो कर्जाको सिमा ६५ प्रतिशत पुराइदिए ।

अहिले त यस्तो सिमा अझ ७० प्रतिशत नै पुगेको छ । तर, यस्तो कार्यविधी संसोधन भने अहिले नेप्से र धितोपत्र मै घुमेको घुम्यै छ । कार्यविधी संसोधन गर्नुअघि मार्जिन लेन्डिङ सम्वन्धि कार्यविधी संसोधन गर्नुपर्याे । जसको हालैमात्रै धितोपत्र बोर्डले काम सकेको छ ।

संसोधित कार्यविधीमा कर्जाको आकार बढाएर ७० प्रतिशत पुराएपनि कर्जाबाट एक कम्पनीमा गर्न पाइने लगानी भने १० प्रतिशत नै यथावत रहेको नेप्से बताउँछ ।

हुनत ब्रोकरले दिने यस्तो कर्जाको ब्याज पनि बैंकको भन्दा केहि महंगो पर्न जान्छ । त्यसैले यस्तो कर्जा प्रभावकारी बनाउन नीतिगत सुधार त छदैछ ब्रोकरले पनि यस्तो कर्जा दिए बापत थप ब्याज नलिई थोरै सेवा शुल्क मात्रै लिएर दिन सके बजारमा सेयरको कारोबार झनै बढ्न सक्छ ।