• गृहपृष्ठ
  • नेप्सेमा उच्च बृद्धि, होटल बाहेक सबै सुचक हरियो

नेप्सेमा उच्च बृद्धि, होटल बाहेक सबै सुचक हरियो

Sep 23rd, 2020

काठमाडौ, असोज ७

नेप्सेमा उच्च बृद्धि देखिएको छ । आज बुुधबार नेप्से नौ दसमलव ३७ अंकले बढेर १५ सय ५५ दसमलव ५२ अंकमा चढ्दा सेन्सिटिभ पनि शुन्य दसमलव ९५ अंकले बढेर तीन सय आठ दसमलव ३४ अंकमा चढेको छ । आज एक सय ९४ वटा कम्पनीहरुको ४१ हजार छ सय २० पटकको कारोवारमा ५८ लाख ६२ हजार छ सय १७ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम एक अर्ब ७२ करोड ७८ लाख २१ हजार सात सय सात रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा होटल समुहको सुचक घटेर बाँकी ११ वटा समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दसमलव ८७ अंकले बढेर १२ सय ४३ दसमलव ९७ अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक ७४ दसमलव ७७ अंकले बढेर सात हजार नौ सय ८४ दसमलव ५० अंकमा चढेको छ । यसैगरी बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा गुुह्ेश्वरी मर्चेन्ट फाईनान्स परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज शिखर इन्स्योरेन्स कम्पनी परेको छ ।