• गृहपृष्ठ
  • महामारीकाबिच पनि गुणस्तीय शिक्षा प्रदान गरिरहेको छ ‘द ब्रिटिस कलेज’

महामारीकाबिच पनि गुणस्तीय शिक्षा प्रदान गरिरहेको छ ‘द ब्रिटिस कलेज’

Sep 23rd, 2020

काठमाडौ, असोज ७

कोरोना महामारीका कारण देश विभिन्न संकटसँग जुधिरहेको छ । तर, यसैकाबीच थापाथलीस्थित रहेको द ब्रिटिस कलेजले भने अनलाइनमार्फत गुणस्तीय शिक्षा आफ्ना विद्यार्थीहरुलाई प्रदान गरिरहेको छ ।

द ब्रिटिस कलेजका एसोसियट डिन अरुणलाल जोशी भन्छन्, ‘फेब्रअरी, २०२० माकोरोना भाइरसको खबर संसारभर फैलियो । नेपालका आममानिसहरू पनि यो भाइरसबारे निकै उत्सुकताका साथ सरकारबाट सूचनाको प्रतिक्षा गरिरहेका थिए । उक्त समयमा ब्रिटिश कलेजले फेस टु फेस कक्षा सञ्चालन गरिरहेको थियो । नेपालमा कोरोना संत्रमणबारे रिपोर्ट सामान्यरूपमा मात्र गरिएको थियो । सबैलाई झैँ कलेजलाई पनि लागेको थियो, यो महामारी समयैमा नै नियन्त्रण हुन्छ भनी ।’

उनी अगाडि भन्छन्, ‘त्यस समयमा, विश्वभरका विश्वविद्यालयहरू बिस्तारै अनलाइन कोर्स डेलिभरीमा गर्ने तयामा लागेका थिए । हाम्रो व्यवस्थापन टोलीले परिस्थितिको आकलन गरेपछि ब्रिटिस कलेजले पनि त्यस्ता अप्रत्याशित परिस्थितिहरूको लागि तयार हुनुपर्ने महसुस गर्यो । हामी हाम्रो साझेदार विश्व विद्यालयहरूसँग सल्लाह र परामर्श सूरू भयो । आगामी महिनाहरूमा विभिन्न प्रकारका व्यवधानहरू व्यवस्थित गर्न विस्तृत परिदृश्य योजनामा व्यस्त थियौं । यसैकाबीच हामीले आफ्ना शिक्षकवर्ग र सहयोगी कर्मचारीलाई तालिम दिने काम गयौं । सोही योजनाअनुरुप हामी अगाडि बढ्यौँ ।’

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले विभिन्न योजना ल्याउने रणनीतिमा रहेको थियो । जोशी भन्छन्, ‘२५ मार्च, २०२० मा सरकारले कोरोना नियन्त्रणका गर्न भन्दै दुई हप्ताका लागि लकडाउन गरेको घोषणा गर्यो । त्यसबेलासम्म हामी शैक्षिक वर्ष २०१९ र २० को अन्तिम सेमेस्टरको बीचमा थियौं । हाम्रो तयारी र जोखिमलाई समय मै मूल्यांकन गर्ने क्षमताको कारण, हामी २२ मार्च, २०२० देखि अनलाइन मोडमा क्लास सुरु गरिसकेका थियौं । संयोगवश, हाम्रो पार्टनर विश्व विद्यालयले २२ मार्च, २०२० बाट आफ्नो अनलाइन कक्षा पनि सुरू गरिसकेका थिए । बेलायतमा रहेका विश्व विद्यालयहरुले जुन स्तरमा अनलाइन क्लास दिइरहेकाछन् सोही गुणस्तर पालना गर्दै ब्रिटिस कलेजले पनि आफ्नो जिम्मेवारी पुरा गरिरहेको छ ।’

ब्रिटिस कलेजले विद्यार्थीहरुको पढाइमा कुनै पनि प्रकारको समस्या आउन नदिन एकपछि अर्को रणनीति बनाउँदै अगाडि बढिरहेको उनी बताउँछन् । उनी अगाडि भन्छन्, ‘अनलाइन कक्षा प्लेटफर्म हाम्रा सबै सम्बन्धित सरोकारवाला, विद्यार्थी र शिक्षण स्टाफका लागि नयाँ थियो, जे होस्, हामी यसलाई तयार भएको थोरै समयमा हामीले यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सफल भयौ ।’

त्यस्तै, ब्रिटिस कलेजले यो कठिन अवस्थामा पनि विद्यार्थीलाई भर्चुअल रुपमा सर्भिसहरु दिने काम गर्दै आइरहेको उनले जानकारी दिए । यो अवधिमा ब्रिटिस कलेजका सबै स्टाफहरू घरबाटै काम गरिरहेका छन्, र अनलाइन कक्षा र सेवाहरूमा जानकारीबारे प्रतिक्रिया लिन दैनिकरुपमा लागिरहेको बताउँछन् । उनी भन्छन्,‘यसबीच देखिएको मुख्य समस्या भनेको विद्यार्थी र शिक्षण स्टाफका लागि इन्टरनेट सेवा र बिजुली रहेको थियो । यो समस्यालाई सुल्झाउनको लागि कलेजले सबै विद्यार्थीहरूलाई अनलाईनमा प्रत्यक्ष लाईभ लेक्चर हूदै रेकर्ड गरिएको लेक्चरहरु समेतको उपलब्ध गराउँदै आइरहेका छौं । बिद्यार्थीहरू आफुले समय मिलाउन नसकेर छूटेका लेक्चरहरुको समेत केही समय पछाडि पनि फिरस्त अध्यन गर्न सक्ने नयाँ वातावरणको सिर्जना गरिएको जोशीले जानकारी दिए ।

त्यस्तै गरी बर्तवान परिस्थितिमा यूरोप र अमेरीकाका सबैखालका यूनिवर्सिटीहरूले बिध्यार्थीको पठन पाठनहरूलाई प्रमूखरूपमा अनलाईन मार्फत नै अगाडि बढाएको जोशीले जानकारी दिए ।