एकै दिन झण्डै २३ अंकले घट्यो नेप्से

Sep 22nd, 2020

काठमाडौ, असोज ६

नेप्से एकैदिन झण्डै २३ अंकले घटेको छ । नेप्से आज मंलगबार २२ दसमलव ९१ अंकले घटेर १५ सय ४६ दसमलव १५ अंकमा झरेको छ भने सेन्सिटिभ चार दसमलव ८४ अंकले घटेर तीन सय सात दसमलव ३९ अंकमा झरेको छ । आज एक सय ९९ कम्पनीहरुको ४७ हजार आठ सय ७६ वटा कारोवारमा ७८ लाख ५० हजार ६५ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम दुुई अर्ब ८१ करोड चार लाख २५ हजार दुुई सय ६८ रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोवार सबै समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैक समुहको सुचक २२ दसमलव ३६ अंकले घटेर १२ सय ४२ दसमलव १० अंकमा झरेको छ भने निर्जिवन बीमा, बिकास बैंक, जलबिद्युत, लघुुबित्त, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेर रातै भएकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा युनाईटेड फाईनान्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा लिर्वर्टी ईर्नजी कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा शिखर इन्स्योरेन्स कम्पनी परेको छ ।