• गृहपृष्ठ
  • इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीको जितसँगै नयाँ सिजनको सुरुवात

इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीको जितसँगै नयाँ सिजनको सुरुवात

Sep 22nd, 2020

आधारभूमि संवाददाता

काठमाडौ, असोज ६

म्यान्चेष्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा जितसँगै नयाँ सिजनको सुरुवात गरेको छ । सोमबार राति भएको खेलमा म्यान्चेष्टर सिटीले उल्भ्सलाई ३–१ गोलले पराजित गरेको हो ।

सिटीको जितमा केभिन डी ब्रुइन, फिल फोडेन र ग्याब्रियल जिससले एक एक गोल गरेका थिए । उल्भ्सका राउल जिमेनेजले एक गोल फर्काए ।

खेलको २० औँ मिनेटमा सिटीका केभिन डी ब्रुइनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ब्रुइनले सो गोल पेनाल्टीमा गरेका हुन् । ३२ औं मिनेटमा फिल फोडेनले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए । फोडेनले सो गोल रहिम स्टर्लिङको पासमा गरेका हुन् ।

दोस्रो हाफको ७८ औं मिनेटमा उल्भ्सका राउल जिमेनेजले एक गोल फर्काए। तर दोस्रो हाफको इन्जुरी समयमा ग्याब्रियल जिससले सिटीका लागि तेस्रो गोल गरे र जित सुनिश्चित गरे । जिससले सो गोल ब्रुइनको पासमा गरेका हुन् ।

जितसँगै सिटीले लिगको पहिलो खेलमा ३ अंक जोडेको छ । सिटी प्रिमियर लिगको लगातार १० शुरुवाती खेल जित्ने पहिलो टोली बनेको छ ।