सोमबार छ अंकले घट्यो नेप्से

Sep 21st, 2020

काठमाडौ, असोज ५

नेप्से आज सोमबार छ दसमलव १२ अंकले घटेर १५ सय ६९ दसमलव छ अंकमा झरेको छ । सेन्सिटिभ पनि आज एक दसमलव ३८ अंकले घटेर तीन सय १२ दसमलव २४ अंकमा झरेको छ । आज एक सय ९५ कम्पनीहरुको ६१ हजार नौ सय ३६ पटकको कारोवारमा ८५ लाख ६५ हजार ७८ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम दुुई अर्ब ६३ करोड ७३ लाख ७६ हजार दुुई सय १६ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा उत्पादनमुुलक समुहको सुचक बढेपनि बाँकी समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव ३२ अंकले घटेर १२ सय ६४ दसमलव ४७ अंकमा झरेको छ भने निर्जिवन बीमा, बिकास बैंक, जलबिद्युुत, जीवन बीमा, लघुुबित्त, टे«डिङ, होटल, फाईनान्स, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा युनाईटेड फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा लिर्वर्टी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा नेपाल बैंक परेको छ ।