• गृहपृष्ठ
  • सिजनको पहिलाे खेलमै रियल मड्रिड बराबरीमा रोकियो

सिजनको पहिलाे खेलमै रियल मड्रिड बराबरीमा रोकियो

Sep 21st, 2020

आधारभूमि संवाददाता

काठमाडौ, असोज ५

स्पेनिस ला लिगाको साविक विजेता रियल मड्रिड सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको छ । आईतबार राति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

सिजनको पहिलो खेलमै रियल मड्रिडले अंक बाँड्न बाध्य भएको हो । रियलले खेलमा केही गोल गर्ने अवसर सिर्जना गरेको थियो तर करिम बेन्जिमाको प्रहारलाई सोसिडाडका गोलकिपरले विफल पारेका थिए।

खेलमा म्यानचेस्टर सिटीका पूर्वमिडफिल्डर डेभिड सिल्भाले सोसिडाडबाट डेब्यु गरेका थिए। तर उनले पनि गोल गर्न सकेनन् ।

रियल सोसिडाडले भने लगातार दोस्रो बराबरी खेलेको हो । सोसिडाडले यसअघि रियल
भाल्लाडोलिडासँग बराबरी खेलेको थियो । यससँगै रियल सोसिडाडले दुई खेलबाट दुई अंक जोडको छ । रियल सोसिडाड तालिकाको ९ औं स्थानमा छ । 

बराबरीसँगै  रियल मड्रिडले एक अंक जोडेको छ । रियल मड्रिड तालिकाको १० औं स्थानमा छ ।