• गृहपृष्ठ
  • इटालियन सिरी ए च्याम्पियन युभेन्ट्सको जितसँगै नयाँ सिजनको सुखद सुरुवात

इटालियन सिरी ए च्याम्पियन युभेन्ट्सको जितसँगै नयाँ सिजनको सुखद सुरुवात

Sep 21st, 2020

आधारभूमि संवाददाता

काठमाडौ, असोज ५

इटालियन सिरी ए च्याम्पियन युभेन्ट्सले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । आईतबार राति
टुरिनमा भएको खेलमा युभेन्ट्सले साम्पोडियालाई ३–० गोलले पराजित गरेको हो ।

युभेन्टसको जितमा डेजान कुलुसेभ्स्की,लियोनार्दो बोनुची र क्रिस्टियानो रोनाल्डोले एक-एक गोल गरे गरेका थिए ।

खेलको १३ औँ मिनेटमा युभेन्टसका डेजान कुलुसेभ्स्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।डेजानले युभेन्ट्सका लागि डेब्यु खेलमै पहिलो गोल गरेका हुन् ।

दोस्रो हाफको ७८ औं मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।त्यसपछि खेल सकिन दुई मिनेट बाँकी रहँदा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसको जित सुनिश्चित गरे ।रोनाल्डोले सो गोल आरोन राम्सेको पासमा गरेका हुन् ।

यससँगै नयाँ प्रशिक्षक आन्द्रे पिर्लोले  पनि सिरी ‘ए’ मा सुखद सुरुवात गरेका छन् ।  खेलमा एक हजार दर्शकलाई रंगशालामा प्रवेश दिइएको थियो।