पहिलो कारोवार दिन नै नेप्से सकारात्मक

Sep 20th, 2020

काठमाडौ, असोज ४

पहिलो कारोवार दिन नै नेप्से सकारात्मक देखिएको छ । आज आईतबार नेप्से तीन अंकले बढेर १५ सय ७५ दसमलव १८ अंकमा चढेको छ भने सेन्सिटिभ पनि एक दसमलव १२ अंकले बढेर तीन सय १३ दसमलव ६२ अंकमा चढेको छ । आज एक सय ८८ कम्पनीहरुको ६४ हजार पाँच सय १५ वटा कारोवारमा ९२ लाख २३ हजार सात सय १२ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम दुुई अर्ब ७४ करोड २७ लाख ९५ हजार छ सय ९२ रुपैयाँ पुुगेको छ ।

आज ११ वटा समुहको कारोवार हुंदा आठ वटा समुहको सुचक घटेपनि तीन वटाको भने बढेको छ । सो मध्ये बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स समुहको सुचक बढेको छ । जलबिद्युुत, निर्जिवन बीमा, लघुुबित्त, जीवन बीमा, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक भने आज घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा खानीखोला हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा हिमाल दोलखा हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।