• गृहपृष्ठ
  • माछापुच्छ्रे बैंकले घोषणा गर्यो लाभांश,कति छ नगद र बोनस ?

माछापुच्छ्रे बैंकले घोषणा गर्यो लाभांश,कति छ नगद र बोनस ?

Sep 17th, 2020

काठमाडौँ, १ असोज

माछापुच्छ्रे बैंक (MBL) ले गत आर्थिक वर्ष २०७६/७७ को कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाइ चुक्ता पूँजीको ७.०३ प्रतिशत बोनस शेयर र कर सहित ३.३७ प्रतिशत नगद गरी कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।