नेप्से एकै दिन ३० अंकले बढ्यो

Sep 17th, 2020

काठमाडौ, असोज १

नेप्से आज बिहिबार एकैदिन ३० दसमलव ७८ अंकले बढेर १५ सय ७२ दसमलव १८ अंकमा चढेको छ । सेन्सिटिभ पनि आज सात दसमलव दुई अंकले बढेर तीन सय १२ दसमलव ५० अंकमा चढेको छ । एक सय ९१ कम्पनीहरुको ४७ हजार तीन सय नौ वटा कारोवारमा एक करोड १८ लाख तीन सय चार कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम तीन अर्ब ३१ करोड ५६ लाख ६४ हजार तीन सय १९ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा निर्जिवन बाहेक बाँकी ११ वटा समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २८ दसमलव सात अंकले बढेर १२ सय ४९ दसमलव ३७ अंकमा चढेको छ भने जलबिद्युुत समुहको सुचक पनि ८८ दसमलव ३८ अंकले बढेर १२ सय ९० दसमलव पाँच अंकमा चढेको छ । बिकास बैंक, लघुुबित्त, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा एनआरएन लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।