पाँच अंकले बढयो नेप्से

Sep 16th, 2020

काठमाडौ, भदौ ३१

आज बुुधबार नेप्से पाँच दसमलव ३६ अंकले बढेर १५ सय ४१ दसमलव ४० अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ पनि शुन्य दसमलव ८३ अंकले बढेर तीन सय पाँच दसमलव ४८ अंकमा चढेको छ ।

नेप्सेमा आज एक सय ९४ कम्पनीहरुको ३० हजार पाँच सय ९० वटा कारोवारमा ६३ लाख ९० हजार ८३ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम एक अर्ब ८४ करोड ५६ लाख ३४ हजार ३० रुपैयाँ पुगेको छ । १२ वटा समुहको कारोवार हुंदा आज बाँणिज्य बैंक घटेर बाँकी समुहको सुचक बढेको छ । ति मध्ये बिकास बैंक समुहको सुचक दुुई दसमलव आठ अंकले बढेर १७ सय ७१ दसमलव ९१ अंकमा चढ्दा निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि उच्च अंकले बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा बरुण हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा एनआईसी एशिया ब्यालेन्स फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।