नेप्से चार अंकले घट्यो

Sep 15th, 2020

काठमाडौ, भदौ ३०

नेप्से घटेको छ । आज मंगलबार नेप्से आज चार दसमलव ४७ अंंकले घटेर १५ सय ३६ दसमलव तीन अंकमा झर्दा सेन्सिटिभ पनि एक दसमलव ५९ अंकले घटेर तीन सय चार दसमलव ६५ अंकमा झरेको छ । एक सय ९१ कम्पनीहरुको २८ हजार एक सय ४४ वटा कारोवारमा ५७ लाख २३ हजार पाँच सय ६३ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम एक अर्ब ८० करोड एक लाख ९७ हजार नौ सय तीन रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा नौ वटा समुहको सुचक घटेकाछन भने तीन वटा समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन अंकले घटेर १२ सय २५ दसमलव ८९ अंकमा पुुग्दा निर्जिवन बीमा समुहको सुचक पनि तीन दसमलव २३ अंकले घटेर आठ हजार एक सय पाँच दसमलव ५१ अंकमा झरेको छ । यसैगरी बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, टे«डिङ, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेकाछन । होटल, जीवन बीमा र सामुुहिक लगानी कोष समुहको सुचक भने आज बढेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा दिव्येश्वरी हाईड्रो पावर कम्पनी परेको छ भने गुमाउने कम्पनीको सुचीमा भने हिमाल दोलखा हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।