• गृहपृष्ठ
  • केटिएमले बिएस सिक्स मोडल २०२० नयाँ रेन्ज सार्वजनिक गर्ने

केटिएमले बिएस सिक्स मोडल २०२० नयाँ रेन्ज सार्वजनिक गर्ने

Sep 14th, 2020

काठमाडौ भदौ २९

नेपालको सर्वाधिक तीव्र गतिको प्रगतिशील प्रीमियम मोटरसाइकल ब्राण्ड केटिएमले विएससिक्सको एकदमै नयाँ मोडल २०२० रेन्ज सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले २०२० केटिएम २०० ड्यूक सार्वजानिक गर्ने घोषणा गरेको हो ।

यसलाई पूरै तवरले अपग्रेड गरिएको छ, जुन शानदार १२९० सुपर ड्यूक—आर बाट प्रेरित छ । यस बाइकको एकदमै नयाँ अनि ज्यादै हलुका स्प्लिट ट्रेलिस फ्रेम, ट्याङ्क र हेडल्याम्पका साथ अपग्रेड गरिएको छ तथा यसको पूरै बनावटलाई नयाँ रुप दिएको छ । यो बाइक डुअल–च्यानल एविएस र एलईडी डिआरएलएस जस्तो एकदम नयाँ सुविधाहरुले भरिपूर्ण रहेको कम्पनीको भनाई छ । यी नयाँ सुविधाहरुको साथै यस बाइकमा अल्ट्रा कम्प्याक्ट, लिक्विड–कूल्ड, डिओएचसि, ४–भल्भ ईञ्जिन, अत्याधुनिक इन्जेक्शन इलेक्ट्रोनिक्स, उन्नत वासपी सस्पेन्शन तथा आकर्षक देखिने स्वींगआर्म जस्तै उच्च प्राविधिक क्षमता भएको कम्पनेन्ट छ, जसले बाइक चलाउने बेला ज्यादै आनन्द तथा तीव्र गतिले मोडिने क्षमता प्रदान गर्छ । यसमा अर्को प्रमुख सुधार भनेको फ्यूल क्षमताको १०.२ लिटरबाट बढाएर १३.५ लिटर गरिएको छ ।

यसबाट चालकले ३० प्रतिशत अतिरिक्त दूरीसम्मको आनन्द लिन सक्छन् । केटिएम २०० ड्यूकयस श्रेणीमा सबैभन्दा ज्यादा अर्थात् २५ पिएसको पावरले भरिपूर्ण छ तथा आउटगोइङ्ग मोडलको रुपमा १९.३ एनएम टर्क उत्पन्न गर्न सक्छ । डुअल–च्यानल एविएसको साथ बिल्कुलै नयाँ २०२० केटिएम २०० ड्यूक २ नयाँ रङ्गको विकल्पः इलेक्ट्रोनिक अरेन्ज र सिरेमिक व्हाइटमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसको मुल्य पाँच लाख ३९ हजार नौ सयको प्रारम्भीक मूल्यमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।