तीन दसमलव २६ अंकले बढ्यो नेप्से

Sep 14th, 2020

काठमाडौ, भदौ २९

आज सोमबार नेप्से तीन दसमलव २६ अंकले बढेर १५ सय ४० दसमलव ५१ अंकमा चढेको छ । सेन्सिटिभ इन्डेक्स पनि दुुई दसमलव २८ अंकले बढेर तीन सय छ दसमलव २४ अंकमा चढेको छ । आज एक सय ९० कम्पनीहरुको ४४ हजार दुुई सय ७४ वटा कारोवारमा ८६ लाख ३१ हजार सात सय ४१ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम तीन अर्ब १३ करोड ४१ लाख ३५ हजार नौ सय आठ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा पाँच वटा समुहको सुचक बढेको छ भने सात वटा समुहको सुचक घटेको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १४ दसमलव ६८ अंकले बढेर १२ सय २८ दसमलव ८९ अंकमा चढेको छ भने जलबिद्युुत, बिकास बैंक, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । निर्जिवन बीमा, जीवन बीमा, होटल, टे«डिङ, उत्पादनमुुलक र अन्य समुहको सुचक भने आज घटेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा राष्ट्रिय बीमा कम्पनी परेको छ । रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।