• गृहपृष्ठ
  • पीएसजी लगातार दोस्रो खेलमा पराजित , नेइमारसहित पाँच खेलाडीलाई रातो कार्ड

पीएसजी लगातार दोस्रो खेलमा पराजित , नेइमारसहित पाँच खेलाडीलाई रातो कार्ड

Sep 14th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, भदौ २९

फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनको फ्रेन्च लिग वानमा लगातार दोस्रो हार बेहोरेको छ । लिग वान अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजी मार्सेलीसँग १-० ले पराजित भएको हो ।

मार्सेलीलाई जित दिलाउन फ्लोरियन थाउभिनले गरेको गोल नै निर्णायक बन्न पुग्यो । थाउभिनले खेलको ३१ औं मिनेटमा डिमिट्री पायेटको पासमा सो गोल गरेका हुन् । पीएसजी यसअघि पहिलो खेलमा लेन्ससँग पनि १-० ले नै पराजित भएको थियो । खेलको पहिलो हाफमा १–० ले पछि परको पीएसजी दोस्रो हाफमा इन्जुरी समयमा आठ खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो ।

कोरोना भाइरस संक्रमणपछि मैदान फर्किएका ब्राजिलियन स्ट्राइकर नेयमार खेलको इन्जुरी समयमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । खेलको ९७ औं मिनेटमा नेइमारसहित पीएसजीका तीन र मार्सेलीका दुई खेलाडीले रातो कार्ड पाएका हुन् । खेलको अन्त्यतिर दुई टोलीका खेलाडीहरु बीच झडप भएको थियो । जसमा पीएसजीका नेयमारसहित लेभिन कुरुजावा, लियोनार्डो पारेडेस र मार्सेलीका जोर्ड अमाभी र डारियो बेनेडेट्टोले रातो कार्ड पाए ।

पीएसजीले १९८४–८५ पछि पहिलो पटक लिगको सुरुवाती दुई खेलमा हार व्यहोरेको छ ।