• गृहपृष्ठ
  • १२ अंकले बढ्यो नेप्से, गुमाउने भन्दा कमाउने समुह धेरै

१२ अंकले बढ्यो नेप्से, गुमाउने भन्दा कमाउने समुह धेरै

Sep 10th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, भदौ २५

नेप्से आज बिहिबार १२ दसमलव पाँच अंकले बढेर १५ सय २० दसमलव ७१ अंकमा चढेको छ । सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ७४ अंकले बढेर तीन सय एक दसमलव ४० अंकमा चढेको छ । एक सय ८९ कम्पनीहरुको २९ हजार दुई सय ९२ वटा कारोवारमा ४२ लाख ४५ हजार छ सय ३४ कित्ता सेयर किनबेच हुुंदा सेयर कारोवार रकम दुुई अर्ब १५ करोड ९९ लाख ९४ हजार नौ सय ६३ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुुंदा तीन वटा समुृहको सुचक घटेर नौ वटा समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ८३ अंकले बढेर १२ सय आठ दसमलव ३९ अंकमा चढेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि दुुई सय ९९ दसमलव दुई अंकले बढेर आठ हजार ३५ दसमलव ३६ अंकमा चढेको छ । बिकास बैंक, जलबिद्युत, लघुुबित्त, जीवन बीमा, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेकाछन । आज टे«डिङ, होटल र सामुुहिक लगानी कोष समुहको सुचक भने घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा राष्ट्रिय बीमा कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा नबिल ईक्विटी फसण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।