• गृहपृष्ठ
  • शाओमीको रेडमी ९ सी र मी स्मार्टब्यान्ड ५ नेपालमा सार्वजनिक (मुल्य सहित)

शाओमीको रेडमी ९ सी र मी स्मार्टब्यान्ड ५ नेपालमा सार्वजनिक (मुल्य सहित)

Sep 10th, 2020

काठमाडौ, भदौ २५

शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज रेडमी ९ सी का साथ नेपालको बजेट लाइन—अपमा नयाँ उपकरण थपेको घोषणा गरेको छ । ब्राण्डले नेपालमा मी स्मार्टब्यान्ड ५ सार्वजनिक गर्दै पहिलो पटक वेयरेबल श्रेणीमा प्रवेश गरेको छ । अडियो श्रेणीमा पनि नयाँ उत्पादन—रेडमी सोनिकबेस वायरलेस इयरफोनको घोषणा गरेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, “प्रत्येक रेडमी उपकरणको साथ हामी सबैका लागि प्रविधि उपलब्ध भएको सुनिश्चितताको नजिक पुगेका छौं । रेडमी सिरिजको लोकप्रियता हाम्रा ग्राहकहरुले हामी प्रति देखाएको विश्वासको प्रमाण हो । रेडमी ९ सी को साथ हाम्रो उद्देश्य भनेको हामीले बजेट खण्डमा विकास गरेका प्रविधिहरुलाई सबैमाँझ पुर्याउनु हो ।

शाओमीमा, हामी एक उत्तम प्रविधि कम्पनी बन्न चाहन्छौं र विश्वकै सबैभन्दा ठुलो हार्डवयर इन्क्यूबेटर भएकोले हामीलाई नयाँ युगका उत्पादनहरु सृजना गर्न मद्दत गर्दछ जुन सचेत, जडित र दैनिक जीवनमा सुविधा पुर्याउछ । हामी स्मार्टफोन कम्पनी मात्र होइन । हामीले विभिन्न श्रेणीमा भित्र्याएका हरेक नयाँ उत्पादनहरु त्यसका प्रमाण हुन् । हामी मी स्मार्टब्यान्ड ५ का साथ नेपालमा नयाँ श्रेणी ल्याउँन पाउँदा निकै खुशी छौं र हाम्रा मी फ्यान र प्रयोगकर्ताहरुले मन पराउनेछन् भन्ने आशा राखेका छौं ।”

रेडमी ९ सी — ट्रीपल क्यामेरा च्यामपियनका साथ विशाल डिस्प्ले

यो नयाँ इन्ट्री लेबलको स्मार्टफोन इमर्सिभ भ्यूइंग अनुभवका लागि ६.५३ इन्च डट ड्रप डिस्प्ले र ५००० एमएएच उच्च क्षमताको ब्याट्रीद्वारा सुसज्जित छ जसले प्रयोगकर्तालाई अधिक सन्तुष्टि प्रदान गर्दछ । रेडमी ९सी मा मिडियाटेक हेलियो जी३५, अक्टा कोर गेमिंग चिपसेटको विशेषता छ जुन २.३जीएचजेड सम्म जान्छ ।

रेडमी ९सी मा एआई ट्रीपल क्यामेरा छ जसले विभिन्न अवस्थामा पनि स्पष्ट तस्वीरहरु खिच्छ । यसमा १३ एमपी मुख्य क्यामेरा, २ एमपी डेप्थ सेन्सर, २ एमपी म्याक्रो क्यामेरा र एलईडी फ्ल्याश छ । एआई सेल्फी क्यामेरा ५ एमपी सेन्सरद्वारा संचालित छ ।

फोनको पछाडि एक टेक्सचर डिजाइन छ जसले औंलाको छापहरु बस्न दिदैँन ताकी उपकरणले सबै समय आफ्नो यथावत रुप कायम गर्न सक्छ । एआई फेश अनलकले तपाईंको उपकरण अनधिकृत पहुँचबाट सुरक्षित रहेको सुनिश्चित गर्दछ । यस सिरिजका पूर्ववर्तीहरु जस्तै रेडमी ९सीले डुअल ४जी स्ट्यान्डबाई सीम कार्ड र समर्पित माईक्रोएसडी कार्ड स्ल्ट सर्पोट गर्दछ जुन ३.५एमएम हेडफोन ज्याकका साथ आउँदछ । अन्य रेडमी उपकरणहरु जस्तै, रेडमी ९सी ले पनि उच्च स्तरको गुणस्तर समर्थन गर्दछ ।

मी स्मार्टब्यान्ड ५ः सबैका लागि उन्नत फिटनेश ट्रयाकिंग

उपभोक्ताहरुको लोकप्रिय फिटनेश साथी अब पहिला भन्दा ठुलो र उत्कृष्ट भएको छ । मी स्मार्ट ब्यान्ड ५ मा ठुलो १.१ इन्च कलर एमोलेड डिस्प्ले छ जसको स्क्रिन पूर्ववर्तीको भन्दा २० प्रतिसत ठुलो हो । प्रयोगकर्ताहरुले ६५ भन्दा बढि विभिन्न डिस्प्ले र ६ स्लिक ब्यान्ड कलर चयन गरेर आफ्नो अदभुत स्टाइल व्यक्त गर्न सक्नेछन् । भाइब्रेन्ट डिस्प्ले र स्पोर्टी डिजाइनका साथ मी स्मार्टब्यान्ड ५ ले फिटनेशलाई फेशनेबल बनाएको छ ।

तपाईंको वर्कआउट शैली जे भएपनि मी स्मार्टब्यान्ड ५ ले तपाईको आवश्यकतालाई पुरा गरेको छ। ५ एटीएम वाटर—रेसिस्टान्ट—प्रमाणिकरणका साथ उपकरणलाई प्रयोगकताले पानी भित्र वा बाहिर—पुलदेखि ट्रयाक वा पानीको तरंगदेखि शावरसम्म संगै लग्न सक्छन् । ११ वटा व्यायाम मोडहरु सहित—इन्डोर साइकलिंग, इलिप्टिकल, योग, रोइंग मेशिन र जम्प रोप सहित मी स्मार्टब्यान्ड ५ ले चाहे तपाई जसरी कसरत गरेपनि तपाईंको वर्कआउट प्रगतिको विवरण कैद गर्छ ।

फिटनेश बाहेक मी स्मार्टब्यान्ड ५ को पीपीजी हार्ट रेट सेन्सर अब ५० प्रतिसत एकुरेट छ जसले तपाई सधै आफ्नो निन्द्राको स्थिति, तनाव स्तर वा मासिक चक्रमा अधिक सूचक डाटाको साथ आफ्नो हृदय स्वास्थ्यको बारेमा सचेत रहन सक्नुहुन्छ । यसका साथै, यस उपकरणले तपाईको स्वास्थ्य लेबल सहजै बुझ्नका लागि व्यक्तिगत गविविधि इन्टिलिजेन्सका सबै म्याट्रिक्स र आउटपुट संकलन गर्दछ ।

ठुलो स्क्रिन र थपिएका नयाँ विशेषताहरुलाई संचालन गर्न मी स्मार्टब्यान्डको ब्याट्रीले निरन्तर १४ दिनसम्मको प्रयोगको समर्थन गर्दछ । र चार्ज गर्ने समयमा, ट्रयाकरलाई ब्यान्डबाट हटाउन आवश्यक पर्दैन यसका लागि मी स्मार्टब्यान्डको नयाँ चार्जिंग समाधानलाई धन्यवाद । सहजैरुपमा यसको चुम्बकीय पछाडि यसको चार्जरमा स्न्याप गर्नुहोस् र चार्ज हुन दिनुहोस् ।

रेडमी सोनिकबेस वायरलेस इयरफोन

रेडमी सोनिकबेस वायरलेस इयरफोनमा ह्यासल प्रि अनुभवका लागि स्लिक, मिनिलास्टिक र म्याट फिनिश डिजाइनका साथ म्यागनेटिक इयरबड छ । यो हलुका तौलको छ र घाटिमा आरामदायी तरिकाले राख्न मिल्ने गरि डिजाइन गरिएको छ । यी इयरफोनहरु भारी बेस टोनका इमर्सिभ म्युजिक सुन्नका लागि कस्टम ट्यून गरिएको छ, भ्वइस कलहरुको उच्च टोन कायम राख्दै यस प्रकारको एक प्रभावशाली समग्र ध्वनीको सन्तुलन प्रदान गर्दछ । यसको उत्कृष्ट ध्वनी गुणस्तर र फराकिलो फ्रिक्वेन्सी दायराले यसलाई वायरलेस इयरफोन श्रेणीमा प्रयोगकर्ताका लागि उत्तम विकल्प बनाउँदछ ।

रेडमी सोनिकबेस वायरलेस इयरफोनका साथ पार्टी कहिले रोकिदैन जसले १२ घण्टा निर्बाध म्युजिक प्लेब्याक प्रदान गर्दछ । बहु परिदृश्यहरुमा वृद्धि हुने उपयोगिताका लागि यो आइपीएक्स ४ रेटिंगका साथ आउँछ र यसलाई पसिना र स्प्लेश प्रतिरोधी र फिटनेश व्यवस्थाका लागि आदर्श बनाउँदछ । डुअल पेयरिंग टेक्नोलोजी रेडमी सोनिकबेस वायरलेस इयरफोनको स्ट्यान्डआउट विशेषता हो जसले नेकब्यान्डलाई एकै पटक दुईवटा उपकरणहरुसंग जडान गर्दै स्वचालित रुपमा दुवैबीच स्वीचिंगको विकल्पसाथ दुवैमा सक्रिय रहन अनुमति दिन्छ ।

प्रयोगकर्ताहरुले स्पष्ट र पारदर्शी अडियो अनुभव प्रदान गर्न बाह्य शोरलाई रद्द गर्ने डुअल माइक नोइज क्यानसिलेसन टेक्नोलोजिका साथ कलमा उच्च अडियो गुणस्तरको अनुभव लिन सक्दछन् । यो इयरफोनहरुमा उच्च स्पिड र स्थिर कनेक्टिभिटीका लागि ब्लुटुथ ५.० सक्षम छ जसले गुगल एसिस्टेन्ट र सिरि सपोर्ट गर्दछ ।

मुल्य र उपलब्धता

.
रेडमी ९सी तीन कलर भेरियन्ट— सनराइज ओरेन्ज, ट्वीलाइट ब्लु र मिडनाइट ग्रेमा उपलब्ध हुनेछ । यो २जीबी+३२जीबी भेरियन्ट रु.१२,९९९ मा उपलब्ध हुनेछ भने ३जीबी+६४जीबी भेरियन्ट रु. १४,९९९ मा उपलब्ध हुनेछ ।
. मी स्मार्ट ब्यान्ड ५ रु.४,४९९ मा उपलब्ध हुनेछ ।
. रेडमी सोनिकबेस वायरले इयरफोन रु.२०,९९ मा उपलब्ध हुनेछ ।
. यी सबै उत्पादनहरु आधिकारिक मी स्टोर, अनलाइन पार्टनर र रिटेल पार्टनरहरुमा आजदेखि उपलब्ध हुनेछ ।