नेप्सेमा समस्या आएपछि कारोवार रोकियो

Sep 10th, 2020

काठमाडौ, भदौ २५

नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा समस्या आएपछि कारोवार रोकिएको छ । हामी उक्त समस्या समाधानका लागि प्रयासरत छौं । यसबाट पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं, नेप्सेले भनेको छ ।

कारोवार रोकिनुु अघि आज बिहिबार नेप्सेमा एक सय ११ कम्पनीहरुको १४ करोड ८५ लाख ६६ हजार चार सय ९५ रुपैयाँको सेयर किनबेच भएको छ भने बजार परिसुचक सात दसमलव १८ अंकले उकालो लागेको छ ।