• गृहपृष्ठ
  • धितोपत्र बोर्डद्धारा सामुहिक लगानी कोष (चौथो संसोधन) नियमावली लागु

धितोपत्र बोर्डद्धारा सामुहिक लगानी कोष (चौथो संसोधन) नियमावली लागु

Sep 9th, 2020

काठमाडौ, भदौ २४

नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष नियमावलीमा भएको संशोधन सम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याएको छ । बोर्डका अनुसार अर्थ मन्त्रालयबाट स्वीकृति भएको सामूहिक लगानी कोष (चौथो संशोधन ) नियमावली, २०७७ भदौ २४ गते अर्थात आज बुधबार लागुु गरिएको हो ।

यो संशोधन मार्फत योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाई पुर्नखरिद गर्दा लिने शुल्क (एक्जिट फि) योजनको आयमा लेखांकन गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि उक्त आयको लेखांकन योजना व्यवस्थापकले गर्ने गरेका थिए । बिद्घमान व्यवस्थाले इकाइधनी (लगानीकर्ता) को कोष मजबुत भई बढी प्रतिफल पाउन सहयोग पुग्नेछ ।त्यस्तै, उक्त नियमावलीको नियम ४० को उपनियम (४) मा योजना व्यवस्थापक र योजनाको लेखा परिक्षकको नियुक्ती गर्दा बोर्डलाई जानकारी दिई नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ । यस अघि सो बोर्डबाट स्वीकृति लिएर मात्र गर्न सकिने व्यवस्था रहेको थियो ।

यो व्यवस्था लागू भएसँगै खुलामुखी सामूहिक लगानी योजनाको आयमा बृद्धि भई लगानीकर्ताहरुको हित हुने बोर्डको अपेक्षा लिएको बोर्डले जानकारी दिएको छ ।