• गृहपृष्ठ
  • डिएफ एस के ले ल्यायो नयाँ ग्लोरी ५६० एसयूभी, नेपालमा एक वर्ष पुरा

डिएफ एस के ले ल्यायो नयाँ ग्लोरी ५६० एसयूभी, नेपालमा एक वर्ष पुरा

Sep 9th, 2020

काठमाडौ, भदौ २४

कुजु नेपालले इन्डोनेसियामा उत्पादन हुँदै आएका डिएसएफके ब्राण्डको उत्पादन नेपालमा बिक्री सुरु गरेको एक वर्ष पुरा भएको छ । कम्पनीले यसअघि डिएफएसके ग्लोरी ५८० बिक्री गर्दै आएकोमा अब भने ग्लोरी ५६० को पनि बिक्री सुरु गर्न लागेको हो ।

विगत एक वर्षमा हामीलाई ग्राहकले दिनु भएको मायाबाट हामी लोभिएका छौं । यसले अझै नयाँ नयाँ मोडलका एसयूभी नेपाल ल्याउन हामीलाई प्रेरित गरेको छ । भोलिका दिनमा अझै उत्कृष्ट एसयूभी ल्याएर ग्राहकको मन जित्न हामी लालयित छौं । कोभिड १९ को कारण केही ढिला बिक्री सुरु हुन लागेको ग्लोरी ५६० नयाँ वर्षको अवशरमा बिक्री सुरु गर्ने लक्ष्य रहेको थियो । नेपाल आएको पहिलो वर्ष नै हाम्रो गाडीको मूल्य, मूल्य अनुसारको फिचर र एसयूभी प्रेमी ग्राहकको मन जित्न सफल भएकोमा हामी सरोकारवाल सबैमा धन्यवाद दिन चाहन्छौं ।

नेपाली अटोमोवाइल बजार निकै सानो छ । यद्यपी पछिल्ला दिनमा सरकारको नीति, असहज बैंकिब जस्ता अवस्थामा पनि हामीले पहिलो वर्ष सफलरुपमा पार गरेका छौं । नेपालमा उच्च प्रतिस्पर्धाको बाबजुदपनि हामीले डिएफएसकेका उत्पादनलाई ग्राहकसम्म पुर्याउन सकेका छौं । यसले भोलिका दिनमा अझ राम्रा राम्रा मोडल ल्याउँदै अगाडी बढ्ने हौसला प्रदान गरेको छ, कुजु नेपालका संचालक उमिद श्रेष्ठले भन्नुभयो ।

यस्तो छ ग्लोरी ५६०

-साइज
ग्लोरी ५६० को लम्बाई ४५१५ एमएम, चौडाई १८१५ एमएम र उचाई १७३५ एमएम रहेको छ । यसमा २६९० एमएमको ह्वीलबेस दिइएको छ । गाडीको कुल तौल भने २००५ केजी रहेको छ ।

इन्जिन
ग्लोरी ५६० मा यूरो ५ मापदण्डको इन्जिन दिइएको छ । यसमा रहेको १.५ लिटर टर्बो पेट्रोल इन्जिनले अधिकतम ५७०० आरपीएममा १४८ बीएच पावर र १८०० देखि ४००० आरपीएममा २३० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । साथै, ५० लिटरको इन्धन ट्याङ्क उपलब्ध रहेको छ ।

सुरक्षा फिचर
ग्लोरी ५६०, ग्लोबल एनक्यापबाट क्र्यास टेष्टमा ५ स्टार रेटिब प्राप्त गरेको एसयूभी हो । यसको चारै चक्कामा डिस्क ब्रेक दिइएको छ । १७ इन्चको अलोय ह्वील, एयरव्याग, सिट बेल्ट रिमाइन्डर, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर, आलर्म सिस्टम, स्पीड सेन्सिब अटो लक, क्र्यास अटो अनलक जस्ता फिचर यसमा पाउन सकिन्छ ।

इन्टेरियर र फिचर
ग्लोरी ५६० मा सफ्ट टच ड्यास बोर्ड दिइएको छ भने, ड्यासबोर्डमा ८ इन्चको फ्लोटिब इन्फोटेन्टमेन्ट डिस्प्ले दिइएको छ । रिभाइज क्यामेरा, पुस स्टार्ट÷स्टप बटम, किलेस इन्ट्रि जस्ता विशेषता यसमा पाउन सकिने छ ।

वारेन्टी
कम्पनीले यसमा ३ वर्ष वा ४० हजार किलोमिटर जुन पहिला आउँछ त्यही बराबरको वारेन्टी प्रदान गर्ने छ ।

मूल्य
यसलाई प्रतिस्पर्धी मूल्य बनाउने कम्पनीको योजना अनुसार हामीले ५७ लाख ५० हजार रुपैयाँ तोकेर यसको बिक्री वितरण सुरु गरेका छौं ।