एकै दिन १३ अंकले बढ्यो नेप्से

Sep 9th, 2020

काठमाडौ, भदौ २४

नेप्से आज बुुधबार १३ दसमलव पाँच अंकले बढेर १५ सय आठ दसमलव २० अंकमा पुुगेको छ । यसैगरी सेन्सिटिभ पनि शुन्य दसमलव १९ अंकले बढेर दुुई सय ९९ दसमलव ६६ अंकमा चढेको छ । नेप्सेमा आज एक सय ९४ कम्पनीहरुको २९ हजार एक सय २४ वटा कारोवारमा ५७ लाख ९८ हजार पाँच सय ३२ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार दुुई अर्ब ५६ करोड ३४ लाख १५ हजार एक सय ८६ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा बाँणिज्य बैंक र बिकास बैंक समुहको सुचक घटेपनि बाँकी १० वटा समुहको सुचक उच्च अंकले बढेकाछन । ति मध्ये जलबिद्युुत समुहको सुचक सात दसमलव दुई अंकले बढेर ११ सय एक दसमलव सात अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि दुुई सय ६१ दसमलव ८१ अंकले बढेर सात हजार सात सय ३६ अंकमा चढेको छ । यसैगरी लघुुबित्त, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा राष्ट्रिय बीमा कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।