अनेसासमा सात सल्लाहकार मनोनयन

Sep 9th, 2020

काठमाडौँ, २४ भदौ

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको सल्लाहकारमा सातजना मनोनित भएका छन् । मनोनित हुनेहरुमा एलबी क्षेत्री (नेपाल) निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, एनआरएनए अध्यक्ष कुमार पन्त र त्रिविवि प्रतिनिधि डा. लक्ष्मणप्रसाद गौतम, डा. पुष्पा शर्मा (भारत) राम खत्री (अमेरिका) र सुमलकुमार गुरुङ, (युरोप) हुनुहुन्छ ।

अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आईतबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो। अनेसासको बिधान अनुसार ७ जना सम्म सल्लाहकार मनोनित गर्नसक्ने ब्यबस्था रहेक्को छ । मनोनित सल्लाहकारको कार्यकाल दुई वर्षको रहने छ ।