• गृहपृष्ठ
  • रोनाल्डोको कीर्तिमानसंगै पोर्चुगलको जित

रोनाल्डोको कीर्तिमानसंगै पोर्चुगलको जित

Sep 9th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, २४ भदौ

क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेका छन् ।नेसन्स लिग अन्तर्गत गएराति भएको खेलमा स्वीडेनलाई २-० ले पराजित गर्ने क्रममा रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो १०० गोल पूरा गरेका हुन् । रोनाल्डो आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी पनि भएका छन् ।

मंगलबार राति भएको खेलमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।खेलको ४५ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ७२ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित गरे ।

राष्ट्रिय फुटबल टिमबाट इरानका अली डेईलेमात्र रोनाल्डो भन्दा बढी एक सय नौ अन्तराष्ट्रिय गोल गरेका छन् । सन् १९९३ देखि २००६ सम्म उनले १०९ गोल गर्न सफल भएका थिए । अब रोनाल्डोले सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने  इरानका अली डेईको कीर्तिमानबाट ८ गोल मात्र टाढा छन् ।
रोनाल्डो पछि भारतका सुनिल क्षेत्रीको ७२ गोल र अर्जेन्टिनाका लियोनेल मेस्सीको ७० गोल रहेका छन् ।