• गृहपृष्ठ
  • केलियन एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि

केलियन एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि

Sep 8th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, भदौ २३

पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।फ्रान्सेली फुटबल संघले केलियन एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि भएको सोमबार घोषणा गरेको छ। फ्रान्सेली फुटबल संघका अनुसार सोमबार बिहान एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि भएको हो

एम्बाप्पेमा कोरोना पुष्टि भएसँगै अब नेशन्स लिगका बाँकी खेल गुमाउने भएका छन् । २१ बर्षिया
एमबाप्पेले  नेशन्स लिगको पहिलो खेलमा स्विडेनलाई हराउने क्रममा निर्णायक गोल गरेका थिए ।
उनलाई अहिले टिमभन्दा बाहिर राखिएको छ । उनलाई सोमबारनै घर पठाईएको छ भने  उनी आइसोलेसनमा बसिसकेका छन्।